Logo

राष्ट्रपति भण्डारीद्धाराद्वारा संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत (लाईभ भिडियो)



सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरिरहेकी छन्।

भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गर्नुभएको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा -ओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गर्नुभएको थियो ।

वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।

संसद् भवनमा आउनु हुँदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

हेर्नुहोस् भिडियोमा –



प्रतिक्रिया दिनुहोस्