Logo

नवनिर्वाचित मेयर तथा उपमेयरले पदभार सम्हाले (फोटोफिचर)



काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका छन् ।

नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरेका छन् ।

बुधबार अपरान्ह महानगरपालिकाको कार्यालय बागदरबारमा अवस्थित मेयरको कार्यकक्षमा कार्यभार सम्हाल्नुअघि क्लिन द सिटी अभियानको फाइलमा हस्ताक्षर गरेका हुन् ।


मेयर शाक्य आफैं सडकमा निस्किएर बिहीबारदेखि नै सडक सफाइको अभियान शुरु गर्नेछन् । काठमाडौंको सडकमा मास्क लगाएरमात्र हिड्नुपर्ने अवस्थाको अन्त्य गर्न सबै उपाय अबलम्बन गर्ने मेयर शाक्यले बताएका छन् ।

आवश्यक परेमा विदेशी प्रबिधि र साधन स्रोत समेत आयात गरिने उनले बताएका छन् । शाक्यले काठमाडौं महानगरभित्र नेपाली भाषासँगै यहाँका नेवार समुदायले बोल्ने र लेख्ने नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने प्रस्तावमा पनि हस्ताक्षर गरेका छन् ।

तस्विर :  मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्