Logo

एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता



चितवन, १८ जेठ । नेकपा (एमाले) चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्काे जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो । बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान गरेको भन्दै सामाजिक सञ्जालबाट चर्काे विरोध आएको थियो ।

सोही कारण गएराति १० बजे एमालेले चितवनले बन्द फिर्ता भएको घोषणा गरेको थियो । बन्द फिर्ता भएपनि मतगणना नजिकै सुरु गरिएको धर्ना कार्यक्रम भने जारी रहेको एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्