Logo

प्रदिप ज्ञवालीले भनेः “मतगणना सुरु नभए निर्वाचन हुन दिदैनौँ”



चितवन, १८ जेठ ।नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भरतपुर महानगरको स्थगित मतगणना सुरु नभएमा दोस्रो चरणको निर्वाचन हुन नदिने बताए ।

मतगणना भइरहेको समयमा एक्कासी मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना प्रकृया तुरुन्त सुरु गर्नुपर्ने ज्ञवालीको भनाइ छ ।

मतगणना सुरु गर्न दबाब दिने उद्देश्यले नेकपा एमाले चितवनले जेठ १६ गतेदेखि सुरु गरेको धर्नामा ऐक्यबद्धता जनाउन चितवन पुग्नुभएका सचिव ज्ञवालीले एमालेको जितबाट अत्तालिएर माओवादी केन्द्रका प्रतिनिधिले भरतपुरको मतपत्र च्यातेका बताए ।



प्रतिक्रिया दिनुहोस्