Logo

०५४ को चुनावमा बाग्लुङ्को अमलटारको मतपत्र च्यातिएको घट्ना फर्केर हेर्न एमालेलाई सुझाव



काठमाडौं, १८ जेठ । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घट्नालाई लिएर एमालेले व्यवस्थापिका–संसद अवरुद्ध गरेपछि ०५४ को स्थानीय तहको निर्वाचनको एउटा घट्ना फर्केर हेर्न सुझाव दिएका छन् ।

नेता कोइरालाका अनुसार ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको स्थानीय तहको निर्वाचनमा एमालेले बाग्लुङ्को अमलटारमा मतपत्र च्यातेको घट्नामा पनि पूनः मतदान भएको नजिर सुनाए । उनका अनुसार २५ मत गणना गर्न बाँकी रहँदा एमालेले मतपत्र च्यातेको थियो । पछि पूनः मतदान हुँदा एमाले नै विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्