Logo

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन एमालेको चेतावनी



काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन सभामुख ओनशरी घर्तीलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नेताहरूले संसद अवरुद्घ भएको अवस्थामा प्रधानमन्त्री चयन हुन नसक्ने बताएका थिए । संसद सुचारू नभएसम्म कुनै पनि

संसदीय प्रक्रियामा भाग नलिने चेतावनी दिएको एमाले नेता राजेन्द्र पाण्डेले बताए ।

बैठकमा सत्तारूढ दलका कतिपय सांसदहरूले मार्सल लगाएर भएपनि प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने सुझाव दिएको पाण्डेले बताए ।

माओवादी केन्द्रका सांसद रामनारायण विडारीले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले भने,‘राष्ट्रपतिले पठाएको पत्रको अवज्ञा गर्नु हुदैन ।एमालेले पनि र सभामुखले पनि यसलाई सम्मान गर्नुपर्छ, जेठ २१ गतेको अवरोध नगर्नका लागि सभामुखले सभामुखले शिर्ष नेताहरूसँग छलफल गरेर यसलाई टुंगोमा र्पुयाउन पर्छ । प्रधानमन्त्री निर्वाचनको प्रक्रिया जसरी पनि सुरु गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्