लन्डन, २१ जेठ । श्रीलंकालाई हराउँदै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
लण्डनको दि ओभल क्रिकेट मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ९६ रनले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । उसका लागि हसिम अमलाले १ सय ३ रन तथा फाफ डु प्लेसीसले ७५ रन जोडे ।
जवाफमा ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४२ औं ओभरमा अलआउट हुनुपूर्व २ सय ३ रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि उपुल थरंगाले ५७ रन तथा कुसल परेराले अजिवित ४४ रनको योगदान दिए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्नेछन् । एजेन्सीको सहयोगमा