Logo

नेपाली चियाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्दै टिफ्रेशो इन्टरनेशनल



काठमाडौं२१ जेठ । नेपाली चियाको अन्तर्राष्ट्रिय बजारिकण गर्दै आएको टिफ्रेशो इन्टरनेशनलले नेपालमा उत्पादित चिया तथा कफीको आन्तरिक एवं वाह्य बजारमा थप प्रवद्र्धन गर्ने भएको छ।

टिफ्रेशो इन्टरनेशनलले राजधानीको ठमेलमा २ वटा लाउन्ज संचालन गरिरहेको छ भने त्यसलाई थप विस्तार गर्ने जनाएको छ। टिफ्रेशो इन्टरनेशनलले स्थापना गरेको लाउन्जमा लगभग ५० प्रकारका चियाको आनन्द लिन सकिने र उचित मूल्यमा खरिद गर्न सकिने टिफ्रेशो इन्टरनेशनलका निर्देशक धर्मराज पाण्डेले जनाए।

इलाम तथा नेपालका अन्य भागहरुमा बिगत लामो समय देखि चिया खेती हुँदै आइरहेको छ भने अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग, मूल्य तथा खपतमा बृद्धि हुँदै गइरहेको छ।

२ सय वर्ष भन्दा लामो नेपाली चिया उत्पादनले आफ्नो परिचय नपाएको अवस्थामा टिफ्रेशो इन्टरनेशनलले नेपाली चियाको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न लागेको पाण्डेले बताए।

नेपाली चियाको ठूलो परिमाण कम मूल्यमा भारत निकासी हँुदै आएको छ। आफैं अन्तर्राष्ट्रिय बजारको खोजी गरी कृषकले उचित मूल्य पाउने र राष्ट्रले आफ्नो उत्पादनको पहिचान पाउने गरी आवश्यक कमद चाल्ने तयारीमा टिफ्रेशो इन्टरनेशनल रहेको पाण्डेले दाबी गरे।

ब्यवसाय सँगसँगै चिया कृषकको जिवनस्तर उकास्न एवं उनिहरुको क्रयशक्ति बृद्धि गर्न कम्पनी लागिपरेको उल्लेख गर्दै पाण्डले भने, ‘कम्पनीको कुल बिक्री रकमको २ प्रतिशत कम्पनीसँग जोडिएका चिया कृषकहरुलाई उनिहरुको हरियो चिया पातको थप मूल्यको रुपमा भुक्तान गर्ने समेत कम्पनीले लिएको छ।’

न्युयोर्कमा नेपाली चियाको प्रवद्र्धन गर्न पाण्डे यतिबेला न्युयोर्क छन्। टिफ्रेशोको अमेरिकी संस्करण यसै वर्ष देखि शुरु गर्ने पाण्डेले जानकारी दिए। नेपाली चियाको अन्तर्राष्ट्रिय बजारिकरणका लागि भविष्यमा ठूलो योगदान पु¥याउने उनले दाबी गरे।

त्यसकालागि एक करोड भन्दा धेरै लागनी गर्ने तयारी भइरहेको उनले जनाए। उक्त लगानी जुटाउन कम्पनीले क्राउडफण्डिङ गर्ने र त्यस बारेमा किकस्टार्टरमा प्रोजेक्ट तयार पार्ने योजना बनाएको छ।



प्रतिक्रिया दिनुहोस्