Logo

ओलीको प्रस्ताव देउवाद्धारा स्विकार, देउवा मंगलबार प्रधानमन्त्री बन्ने



काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई दुई दिन कुर्न आग्रह गरेपछि व्यवस्थापिका–संसद बैठक आउने मंगलबारसम्मको लागि स्थगित् भएको छ ।

आईतबार अपरान्ह संसद सूचारु गर्न बसेको प्रमुख तीन दलको बैठकमा शीर्ष नेताहरुवीच सहमतिको प्रयास गरिएको थियो । तर एमाले अध्यक्ष ओलीले दुई दिन सदन स्थगित् गरेर यो बीचमा घनिभुत छलफल गरेर निचोडमा पुग्नको लागि सत्तारुढ दलका नेताहरुसँग आग्रह गरेका थिए । ओलीको आग्रह प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले खुल्ला हृदयले स्वागत गरेका थिए ।

तर यता सत्तारुढ दलकै नेता रमेश लेखकले विपक्षी दलले गलत काम गरेको आरोप लगाए । उनले भने,‘सरकार गठनको बेलामा यस्तो हुनुहुन्थेन, एमालेले अवरोध गर्छु भनेपछि बैठक बस्न सकेन, कम्तीमा बैठक राख्नुपर्दथ्यो।’

उता एमाले उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि प्रयास गर्न बैठक दुई दिन पर सारिएको स्पष्टीकरण दिए । उनले भने,‘सबै पार्टीसँग छलफल गर्छाैं अनि एएटा निश्कर्षमा पुग्र्छौं।’ सदन मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित् गरिएको छ । विपक्षी दलको विशेष आग्रहमा बैठक स्थगित भएको हो।



प्रतिक्रिया दिनुहोस्