काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणमा नजाने भनेर आन्तरिक निर्णय गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सपथग्रहणमा सहभागीमात्रै जनाएन अन्ततः देउवा नेतृत्वमा आफ्ना समूहबाट सरकारमा पठाउनको लागि दुई जनाको नाम समेत सिफारिश गरिसकेका छन् । पौडेल समूहका दुई जना मन्त्रीहरुले भोलि सपथ लिने उनी निकट एक नेताले जानकारी दिए ।
उनले सिफारिश गरेका मन्त्रीहरुमा बलबहादुर केसी र रामकृष्ण यादव रहेका छन् ।
उता सपथग्रहण नै बहिष्कार गर्ने निर्णयमा पुगेको पौडेल समूह अन्ततः सपथमा जानुको कारणबारे महामन्त्री डा. शशांक कोइरालाले पत्रकार ऋषि धमलासँग भने,‘हामी सपथग्रहणमा नजाने भनेका थियौं, तर देउवाजीले कमिटमेन्ट गरेपछि हामी गएका हौं,।’
उनका अनुसार पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले करिब दश मिनेट फोन गरेपछि पौडेल सपथग्रहण समारोहमा सहभागी हुन शितल निवास पुगेका हुन ।