Logo

नेपाल प्रहरीले राजनीतिक आडभन्दा पर रहेर काम गर्न सक्नुपर्छ : जनार्दन शर्मा, गृहमन्त्री



नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले मुलुकमा शान्ति, अमनचयन तथा सु–व्यवस्था कायम गर्नको लागि आफू पूर्ण प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्,‘प्रहरी जनताको भलाईमा खट्नुपर्छ, राजनीतिक पार्टीका नेताले भाषण गरेर बस्ने होईन, राजनीतिक पार्टीजस्तो प्रहरी होईन, चेन अफ कमाण्डको फरक पहिचान हुन्छ । शान्ति, सुरक्षा र जनताको जीवनसँग जोडिएको हुन्छ ।’ मन्त्री शर्मासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

असार १४ गते निर्वाचन हुन्छ ?

यो प्रश्न गर्ने नै होईन । गरिहाल्नु भयो । निवार्चन हुन्छ ।

राजपा चुनावको मिति सार्नुपर्छ भनिरहेको छ ?

होईन मिलेर निर्वाचनमा भाग लिनुपर्छ । सबै जाने हो । केही फरक धारणा होलान । तर पनि प्रधानमन्त्र र प्रचण्ड समस्यालाई समाधान गर्नको लागि खट्नु भएको छ ।

अब संविधान संशोधन निर्वाचनपछि मात्रै हुने भनेर प्रधानमन्त्री देउवाले भनिरहँदा मोर्चा बिच्कियो नि ?

उहाँले जे भन्नु भयो जायज भन्नुभएको छ । निर्वाचन अघि दुई तिहाई पुर्याउन गाह्रो छ। त्यसैले पनि यस्तो भन्नु भएको हो । दुई तिहाई सरकारसँग छैन् । प्रतिपक्षले पनि सहकार्य गर्छौँ भनेको छ ।

मोर्चाले पहिले संशोधन त्यसपछि निर्वाचनका कुरा गर्नुस भनेर भनिरहेको छ नि ? सरकारसँग के छ विकल्प ?

हामीसँग विकल्प छ । वाता गर्ने, छलफल गर्ने उहाँहरूलाई निर्वाचनमा भाग लिने वातावरण बनाउँने । निर्वाचनमा ल्याउने थप प्रयास गरिरहेका छौँ।

गृहमन्त्रीको हैसियतमा के भन्नु हुन्छ ?

सरकार र प्रधानमन्त्रीले दिनुभएको सल्लाहलाई मान्छु । मेरो प्रयास निरन्तर रहने छ ।

मुद्धा फिर्ता, सहिद घोषणा पनि गर्नु भएन भन्ने छ नि ?

यो गलत हो । निवर्तमान सरकारले नै धेरै कुरा सम्बोधन गरिसकेको छ । बाँकी कुराहरू यो सरकारले पुरा गर्छ । हस्ताक्षर गर्न र म्याद थपको लागि संशोधन भएको छ । मधेशका जनता निर्वाचन चाहन्छन् । तर मधेशका नेता संशोधनको लागि माग गरिरहेको छ । प्रधानमन्त्रीले यसलाई निश्कर्षमा पुर्याउने र अघि बढ्ने भन्नु भएको छ । त्यसैले विश्वास गर्नुपर्छ । देशको निकास र विकासको लागि लाग्नु भएका नेता कार्यकता सबैले मुलुकको भलाईको लागि त्यागको भावना हुनुपर्छ । ईमान्दार हुन आवश्यक छ ।

टिकापुरको घट्नामा मुछिएकाहरूको मुद्धा किन फिर्ता भएन ?

त्यो घटनासँग अरु घटना जोड्न मिल्दैन । कतिपय कुराहरू अनावश्यक मुद्धा लागेकाहरूको बारेमा सरकरले फिर्ता लिएको छ । टिकापुरको घटना अदालसँग सम्बन्ध राख्छ । सरकारले फिर्ता गर्न मिल्ने कुरा होईन । बाहिर एकाध पार्टीले टिकापुरको विभत्समा मुछिएकाहरूको मुद्धा फिर्ता लियो भनेर बिरोध गर्ने, भोट माग्ने काम भैईरहेको छ । यो गलत हो । केही निर्दोष मानिसलाई पनि मुद्धा लागेको छ । त्यसमा सरकारले हेरेको छ ।

सरकारले चाहेको खण्डमा अदालतसँग कुरा राख्न सक्छ नि ?

सक्दैन् । अदालत आँफैमा स्वाधिन छ । उसको आफ्नै मान्यता छ । अदालतलाई सरकारले यसो गर भन्न सक्दैन ।

उर्जामन्त्री भएको बेलाको जुन छाप छ, त्यसलाई जनता सम्मान गर्दै फेरि पनि ठुलो आश गरेका छन् ? अमन चयन, निर्वाचन भयरहित हुन्छ ?

शान्ति-सुरक्षाको बारेमा जनताले ढुक्कसँग खान, बस्न, पेशा व्यवसाय सञ्चालन गर्नको लागि कुनै अबरोध छैन् । निर्वाचन शान्तिपूर्ण हुनेमा दुईमत छैन्। सम्पूर्ण निकायलाई जनताको भलाईमा खट्नको लागि अनुरोध गरेको छ्ु । जो जनताको नजिक गएर सुरक्षा दिईरहेको छ, त्यो सिपाईका सुझाव सल्लाहको आधारमा म अघि बढ्छु । जनता र प्रहरीबीचको दुरी निक्कै कम पार्नेछु।

प्रहरीका उच्च पदाधिकारीलाई कुनै अन्तावार्ता दिने होईन भनेर भन्नुको आशय के हो ?

त्यसको एउटै आशय हो जनताको भलाईमा खट्नुपर्छ । राजनीतिक पार्टीका नेताले भाषण गरेर बस्ने होईन । राजनीतिक पार्टीजस्तो प्रहरी होईन । चेन अफ कमाण्डको फरक पहिचान हुन्छ । शान्ति, सुरक्षा र जनताको जीवनसँग जोडिएको हुन्छ । त्यसैले अनुशासनमा रहनुपर्छ । अपराधिक क्रियाकलापलाई निरुत्साहित पार्नको लागि खट्नुपर्छ भनेर सामान्य निर्देशन दिएको हुँ ।

नेपाल प्रहरी राजनीतिक आडभन्दा पर रहेर काम गर्न सक्छ ?

सक्छ । सक्नु पर्छ । कसैको भनाई र आदेशमा चल्नुहुँदैन । राजनीतिक दलले दुरुपयोग गर्नुहुँदैन । प्रहरीले त्यस्तो गर्नुहुँदैन। जुन बाचाका साथ जनताको भलाईमा खटेको हुन्छ, त्यो कतव्र्यलाई व्यवहारमा उर्तानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्