Logo

एएफसी एसियन कप २०१९ को छनौट : यमनसँग भिड्दै नेपाल



काठमाडौँ,३० जेष्ठ । एएफसी एसियन कप २०१९ को छनौट खेल अन्तर्गत आज नेपाल  छ। खेल दिउँसो ३ बजे सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा हुँदैछ।

यो खेलमा स्ट्राइकर अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् भने एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनील बल, राजेन्द्र रावलले पनि स्थान पाएका छन्। भारतसँगको खेलमा समावेश नभएका केही नयाँ खेलाडी सहित २३ सदस्यीय नेपाली टोली मैदानमा उत्रिदैछ।

खेलमा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने गोलकिपर रहेका छन्। फिफा बरियताका आधारमा नेपाल भन्दा ४५ स्थान अघि रहेको यमनलाई नेपाली टोलीले घरेलु मैदानमा हराएर इतिहास बनाउने मौका पाएको छ।

अगाडिका खेल हेर्दा नेपाल यमनभन्दा कमजोर मानिएको छ। तर यस पटक भने घरेलु मैदानमै नेपाल यमसँग भिड्ने भएकाले इतिहास बनाउने दाउमा छ।

यसअघि सन् २००० मा भएको एसियन कममा नेपाल यमनसँग ३-० गोल अन्तरले पराजित भएको थियो भने सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० गोल अन्तरले पराजित भएको थियो।



प्रतिक्रिया दिनुहोस्