Logo

राजपाको आन्दोलनपछि सभामुखको कार्यकक्षमा तीन दलका शीर्ष नेताहरुको बैठक सुरु,



काठमाडौ, ३० जेठ । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो तहको निर्वाचन बिथोल्नेगरि आन्दोलन सुरु गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक केही बेरमा बस्दैछ।

मंगलबार साँझ साँढे ५ बजे सभामुख ओनसरी घर्तीमगरको सिंहदरबारस्थित् कार्यकक्षमा तीन दलका शीर्ष नेताहरुको बैठक सुरु हुन लागेको एक नेताले जानकारी दिए । (राजपा) ले दोस्रो चरणको चुनाव बिथोल्न मंगलबारदेखि मधेस बन्दसहितको आन्दोलन अघि बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेसहितको बैठक बोलाएका छन्। बैठकमा एमाले केपी शर्मा ओलीपनि सहभागी हुनेछन् ।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाका नेता तथा उपेन्द्र यादव र विजय गच्छदार पनि सहभागी हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्