Logo

बर्दिया काँग्रेसले सबै तहमा उम्मेदवारी टुँगो लगायो



बर्दिया, ३१ जेठ । आउने असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि बर्दियाको दुई वटा नगरपालिकामा नेपाली काँग्रेस केन्द्रिय समितिले प्रमुख पदका उम्मेदवारकोे अन्मित टुङ्गो लगाएको छ ।

ठाकुरबाबा नगरपालिकाको मेयर पदमा मक्कुराम थारु र मधुवन नगरपालिकाको मेयर पदमा जग्गाप्रसाद पाण्डेलाई अघि सारिएको छ ।
दुवै नगरपालिकाको उपमेयर पदमा क्रमशः लीला भाट र तुलसी पुन मगर रहेको जनाइएको छ । बाँकी ६ वटा स्थानीय तहमा भने जिल्लामै सहमति भएको नेपाली काँग्रेस बर्दियाले जनाएको छ ।

त्यस्तै बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको मेयर पदका लागि मुक्तिनाथ यादव (किट्टु) र उपमेयर पदमा सुशीला गिरीलाई चयन गरेको छ ।
राजापुर नगरपालिकाको मेयर पदमा दिपकजंग शाह तथा उपमेयर पदमा तारा चौधरी चुनिनुभएको छ। त्यस्तै बारबर्दिया नगरपालिकाको मेयरमा परशुराम थारु, उपमेयरमा कोपिला गिरीलाई कांग्रेसले अघि सारेको छ ।

बाँसगढी नगरपालिकाको मेयरमा गंगाधर पौडेल र उपमेयरमा रत्ना थारु उम्मेदवार बन्नुभएको छ। गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा जमानसिंह केसी र उपाध्यक्षमा हिम कुमारी चौधरीको उम्मेदवारी परेको छ ।

बढैयाताल गाउँपालिकाको अध्यक्ष पदमा मान बहादुर बुढा र उपाध्यक्षमा भग्गनदैया थारु रहनुभएको छ । यससँगै बर्दियाका सम्पूर्ण स्थानीय तहका सवै वार्डहरुमा उम्मेद्वारको टुङ्गो लगाएको नेपाली काँग्रेस बर्दियाका कार्यवाहक सभापति मिस्रीलाल यादवले जानकारी दिए ।

बर्दियाका कांग्रेसका सभापति एवम् सांसद सञ्जय कुमार गौतमले सबै तहमा पार्टीले उम्मेद्धवार टुँगो लगाईसकेकोले अब निर्धक्क भएर पार्टीका उम्मेद्धवारहरुलाई जिताउको लागि नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले जिल्ला तथा देश बाहिर रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई चुनावमा उल्लासमय सहभागिता जनाई मतदान गर्नको लागि अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्