Logo

निर्वाचनको मुखमा राप्रपाले दियो पदाधिकारीलाई यस्तो कडा निर्देशन



 

काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा जनताको घर दैलोमा पुगेर राजनीतिक गतिविधि सञ्चालन गर्न लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले निर्वाचनमा खटाएका नेताहरुले पार्टीको नीति, विचार, सिद्धान्तलाई जनताका माझ पु¥याएर पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको पक्षमा मतदानका लागि आग्रह गर्ने छन् ।

यही असार १४ गते हुने सो निर्वाचनका लागि असार ११ गतेसम्म स्थानीय तहमा आवश्यकताअनुसार हुने सभा सम्मेलनमा शीर्ष नेतृत्वको सहभागिता भई चुनाव प्रचारप्रसारका गतिविधि गरिने छन् ।

सो पार्टीले प्रदेश नं २ को स्थानीय तहको चुनाव आगामी असोज २ मा सारिएकोमा असन्तुष्टि जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्