Logo

आफ्नो पकड रहेको जिल्लामा विप्लव माओवादीले पनि उम्मेद्धवारी दियो



काठमाडौं, ४ असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज विभिन्न ठाउँमा उम्मेद्धवारी मनोनयन दर्ता गराएको छ ।

विप्लव निकट उच्च स्रोतका अनुसार आफ्नो पार्टीको पकड रहेका जिल्लाहरुमा उनीहरुले उम्मेद्धवारी दर्ता गराएका हुन् । रोल्पाको थवाङमा भने उम्मेदवारी दर्ता गराएको छ । थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा निर्वाचन आयोगमा दल दर्ता नभएकाले घर्तीको स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको छ । उनी रोल्पाको उवा निवासी हुन् । उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

त्यस्तै सोही पार्टीले अर्घाखाँचीको विभिन्न गाउँपालिका तथा वडा अध्यक्षमा पनि उम्मेद्धवारी दिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्