Logo

महिला सशक्तिकरण कार्यलाई जोड दिने नीति लिएको छु : मेयर शाक्य



काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई विभेदमुक्त सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अवसरहरुको सृजना गरेर मात्रै विद्यमान विभेदलाई अन्त्य गर्न सकिने बताए ।

मेयर शाक्यले महानगरपालिकालाई समृद्ध बनाउन महिला सशक्तिकरणको कार्यलाई आफूले जोड दिने नीति लिएको बताए । शाक्यले जातीय, धार्मिक र लैंगिक विभेद् अन्त्य गरेर मात्रै समृद्ध समाज निर्माण हुन्छ भन्ने मान्यतामा आफू प्रतिवद्ध रहँदै आएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकमा जनताको सहज पहुँच पुर्याउन स्थानीय तहका जनप्रतिनिधिहरु प्रतिवद्ध भएर लाग्नुपर्ने आवश्यक्ता औल्याएँ ।



प्रतिक्रिया दिनुहोस्