Logo

मधेशमा सेना परिचालन गरिरहे, देउवालाई दिएको समर्थन फिर्ता लिन्छौं : त्रिपाठी



काठमाडौं, १० असार । राजपा नेपालका शीर्ष नेता हृदेश त्रिपाठीले तराई मधेशमा चुनावको नाममा सेना परिचालन गरिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

शनिबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता त्रिपाठीले तराई मधेशमा सेना परिचालन गरिरहे प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । उनले भने,‘हामीले देउवाजीलाई दिएको समर्थन फिर्ता लिन्छौं, यस्तै रवैया रह्यो भने कुनैपनि निर्वाचनमा हामी भाग लिँदैनौं ।’

सरकारप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता त्रिपाठीले सरकारले यस्तै व्यवहार देखाईरहे कुनैपनि निर्वाचनमा राजपाले भाग नलिने र निर्वाचनमा भाग नलिएरपनि राजनीतकि हैसियत देखाईदिने बताए ।

उनले अहिलेको अवस्थामा मधेशलाई कमजोर बनाउने खेल सुरु भएको समेत आरोप लगाए । उनले भने,‘मधेशबाट तत्काल सेना फिताए बोलाउनुपर्छ ।’

त्यस्तै उनले आफना पार्टीका कुनै पनि नेता तथा कार्यकताहरु च्ुनाव लडेका छैनन् । संविधान संशोधन नभएसम्म कुनैपनि निर्वाचनमा हामी भाग लिँदैनौं, हामीले समर्थन फिर्ता लिएपछि, यो सरकार स्वतः ढल्छ ।’



प्रतिक्रिया दिनुहोस्