Logo

चण्डी श्रेष्ठको प्रश्न : सरकार र अख्तियारले लुम्बध्वज महतलाई किन बचायो ? (भिडियोसहित)



काठमाडौं, १० असार । पूर्वगृहसचिव चण्डी श्रेष्ठले कर फर्छोटबारे नेपालमा राम्रोसँग बहस हुन नसकेका जिकिर गरेका छन् ।

कर फर्छौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरी समेत परेको छ । उक्त आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई किन कारवाही भएन ? भनेर बहस भैरहेको बेला उनले यस्तो खुलासा गरेका हुन् ।

https://youtu.be/tDj6qQxlcZY

श्रेष्ठले प्रमुख दलहरु वा सरकारले महत र ढकाललाइ लुकाएर राखेको आरोप लगाए । उनले भने,‘सरकारले किन उनीहरुलाई लुकाएर राखेको छ, यसमा केही गडबडी छ ?’

उनले कर छलीमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा निर्दोष रहेको समेत दाबी गरे । उनले भने,‘चुडामणी शर्मा निर्दोष छन्, म उनको पक्षमा उभिन्छु, गल्ती त आयोग गठन गर्नेहरुबाट भएको छ, उनीहरुले गल्ती गरेका छन्, आयोगका पदाधिकारीहरुले गल्ती गरेका छन्।’

उनले अघि भनेका छन्,‘चुडामणिले त आयोगको अधिकारी प्रयोग गरेका हुन् ।’



प्रतिक्रिया दिनुहोस्