Logo

काँग्रेस र माओवादी केन्द्रका नेताहरुले पराजित हुने डरले निर्वाचन सारे : नेता नेपाल



भीमदत्तनगर, १० असार । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने नाउँमा काँग्रेस र माओवादी केन्द्रले चुनावमा पराजित हुने डरले प्रदेश नं २ मा असोज २ गतेका लागि निर्वाचन सारेको ठोकुवा गर्नुभयो ।

प्रदेश नं २ को निर्वाचन सार्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उहाँले पहिलो चरणमै सबै प्रदेशमा निर्वाचन गराउन सकिने अवस्था हुँदा पनि काँग्रेस र माओवादीले निर्वाचन गराउन नचाहेको बताउनुभयो । “काँग्रेस र माओवादीले त सिङ्गै निर्वाचन सार्न खोजेका थिए,” नेता नेपालले भन्नुभयो ।

मतदाताले सही पार्टी र सही उम्मेदवारको मूल्याङ्कन गर्ने बेला आएको बताउँदै उहाँले ७ नं प्रदेशलाई अगाडि बढाउन निर्णय लिनेबेला आएको धारणा राख्नुभयो ।



प्रतिक्रिया दिनुहोस्