नवलपरासी, ११ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा माओवादीको चुनावी र्यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचार गर्न बुटवल लगिएको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर तिवारी ‘आजाद’ले बम विस्फोटबाट हेमन्त चौधरी, मनोज चौधरी, सुमित विकलगायतका घाइते भएको बताए ।