Logo

पार्टी हित विपरित गतिविधि गरेको भन्दै शुक्ला र गुप्तामाथि कारबाहीको तयारी भएको यादवको खुलासा



काठमाडौं, १५ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टीका शीर्ष नेताद्धय सर्वेन्द्रनाथ शुक्ला र बृजेशकुमार गुप्ताले दोस्रो चरणको चुनावमा पार्टीको नीति र निर्णय विपरित काम गरेको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता यादवले हिजो सम्पन्न भएको दोस्रो चरणको निर्वाचन पार्टीले बहिष्कार गरेको भएपनि दुई नेता शुक्ला र गुप्ताले पार्टीको नीति विपरित गतिविधि चलाएको पाईएकोले यसको बारेमा छानविन गरेर कारबाही गर्ने तयारी गरेको जानकारी दिए ।

उनले पार्टीको निर्णयलाई शिरोधार्य गर्नु नै सबै नेता तथा कार्यकर्ताहरुको दायित्व भएको स्पष्ट पारे । उनले भने,‘पार्टी हित विपरित जाने जो कोहीलाई पनि कारवाही हुन्छ।’

उनले संविधान संशोधन नभएसम्म राजपा नेपालले कुनैपनि निर्वाचनमा भाग नलिने पनि जिकिर गरे । उनले थपे,‘कुनैपनि निर्वाचनमा हामी भाग लिँदैनौं, पहिला संविधान संशोधन हुनुपर्छ।’
उनले पार्टी अध्यक्ष ठाकुर र आफूवीच आज विहान यसबारेमा विशेष कुराकानी भएको समेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्