Logo

कांग्रेस दोस्रो हुनुका कारणहरु यस्ता छन्, दोषी देउवा कि रामचन्द्र ?



काठमाडौं, १६ असार । दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भैरहेको छ । दोस्रो चरण अन्र्तगर्त ३३४ स्थानमा भएको निर्वाचनको मतपरिणामको सुरुवाती रुझान हेर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरुवाती अग्रता लिईरहेको छ । यसले के देखाउँछ भने एमालेले पहिलो चरणमा हाँसिल गरेको पहिलो स्थान दोस्रो चरणको निर्वाचनमा पनि कायम गर्ने देखिएको छ ।

पहिलो चरणको निर्वाचन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको थियो । तर दोस्रो चरणको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको हो । देउवा नेतृत्वको सरकारले गराएको निर्वाचनमा पहिलो दल कांग्रेसले नै स्थानीय तहको निर्वाचनमा पहिलो स्थान हाँसिल गर्ने धेरैको अनुमान थियो । तर मतपरिणामको सुरुवाती रुझान हेर्दा, यो पटक पनि एमालेले नै पहिलो स्थान हाँसिल गर्ने स्पष्ट अनुमानहरु ल्गाउनेहरु प्रशस्त देखिएका छन् ।

पहिलो दल कांग्रेसले स्थानीय तहमा राम्रो नतिजा ल्याउन नसक्नुको प्रमुख कारण यसको संगठन लथालिंग हुनु प्रमुख कारण बुझिएको छ । कांग्रेस मासबेश पार्टी हो । यतिवेला कांग्रेसभित्र आन्तरिक कलह छरपस्छ भएको छ । देउवा पक्षधर र पौडेल पक्षधरवीच आन्तरिक कलह उचाईमा पुगेको छ ।

पार्टीभित्र एक पक्षले टिक पाए अर्को पक्षले जसरीपनि ती उम्मेद्धवारहरुलाई हराउने रणनीति लिएका छन् । एक पक्षले अर्को पक्षलाई जसरीपनि सिध्याउने कांग्रेसभित्रको गुटको चरित्रका कारण स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउन नसकेको कांग्रेसभित्रकै एक नेताले जानकारी दिए ।

यता नागरिक समाज तथा अन्य बुद्धिजीवी वर्गहरुलेपनि देउवाको नेतृत्वको सरकार भएपनि अझैपनि एमाले नै पहिलो पार्टी बन्ने हो कि भन्ने प्रक्षेपण गरेका छन् । स्वयम् पार्टी सभापति देउवाको गृहजिल्ला डढेलधुरामा एमालेले कांग्रेसलाई उछिनेको छ । सुदुर पश्चिमको तुलनामा कांग्रेसले पूर्वाञ्चलमा राम्रो नतिजा ल्याएको छ ।

पूर्वाञ्चलमा कुनैपनि हालतमा कांग्रेसले नै पहिलो स्थान हाँसिल गर्ने भनेर यसअघि नै कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पत्रकार ऋषि धमलासँग दाबी गरेका छन् । नभन्दै मतपरिणामको सुरुवाती रुझान हेर्दा कांग्रेसले प्रदेश नम्बर १ मा धेरै राम्रो नतिजा ल्याईरहेको छ ।

यता प्रदेश नम्बर ५ मा भने कांग्रेसको त्यति राम्रो स्थिति छैन। यो क्षेत्रमा मधेशवादी दलहरुले माओवादी केन्द्रलाई सहयोग गरेका छन् । ५ नम्बर प्रदेशमा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा आउने मतपरिणामले संकेत गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्