काठमाडौं, असार १७ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।
अहिलेसम्म ७१ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ३२ स्थानीय तहमा विजय हासिल गरेको छ ।त्यसैगरी नेपाली कांग्रेसले २४ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १३ स्थानीय तहमा विजयी भएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।