Logo

कपिलले धौधौ फकाए भारती सिंहलाई



कपिल शर्माको शोमा भित्रिएकी कमेडियन भारती सिंहले पहिलो दिन नै रिसाउँदै सुटिङ छाडेर हिँडेको खबर हालै मात्र बाहिरिएको थियो । तर भारतीले त्यो खबरलाई खण्डन गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कपिलसँगको फोटो सेयर गरिन् र लेखिन्, ‘कसले भन्यो म द कपिल शर्मा शोको सुटिङ छोडेर हिँडेँ ।’

भारती र उनका ब्वाइफ्रेण्ड हर्ष हालै मात्र कृष्णा अभिषेकको क्याम्प छोडेर कपिलको क्याम्पमा प्रवेश गरेका हुन् । खबरअनुसार भारतीका ब्वाइफ्रेण्ड हर्षको सहमतिमा पहिलो सिन तय गरिएको थियो ।

तर भारतीलाई यो कत्ति पनि मन परेन र यसलाई बदल्न खोजिन् । यो कुरा उनले कपिल शर्माको टिमलाई भनिन् । कपिलले जति मनाउँदा पनि उनी मानिन् र सुटिङ नै छोडेर हिँडिन् । तर, फेरि कपिलले के भनेर फकाए कुन्नी उनी शोमा फिर्ता आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्