Logo

मन्त्रिपरिषद विस्तार असार २३ गतेअघि नहुने, यस्तो छ देउवाको तयारी



काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै देउवा सरकार विस्तारको तयारीमा जुटेका हुन् ।

शनिबार पनि उनले आफू निकट शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार, आफ्नो सचिवालय सदस्यहरु नियुक्त गर्ने, संविधान संशोधन लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतले बतायो ।

यसअघि देउवाले सत्तासाक्षेधार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगपनि भेटवार्ता गरेका थिए । देउवा र प्रचण्डवीचपनि सरकार विस्तारको बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा नियुक्ती भएको झण्डै एक महिना वित्न लागिसक्यो तर उनले अहिलेसम्मपनि आफ्नो सचिवालयका सदस्यहरु समेत नियुक्त गर्न सकेका छैनन् । देउवा निकट उच्च स्रोतका अनुसार उनले अब यही असार २३ गतेभित्रै सबै नियुक्तीहरु गर्ने तयारी गरेका छन् ।

मन्त्रिपरिषद विस्तारको लागि देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिसकेपनि अन्य साझेदार दल खासगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँगपनि कुराकानी गर्ने तयारी गरेका छन् । गच्छदार अहिले चुनावका कारण गृहनगर विराटनगरमा छन् । उनी आजमात्रै काठमाडौं आउने कार्यक्रम रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्