Logo

उपन्यास लेखनबाट कृष्ण धराबासीले किन लिए सन्यास ? यस्तो छ आन्तरिक कारण



काठमाडौं, १७ असार । चर्चीत उपन्यासकार कृष्ण धराबासीले उपन्यास लेखनीबाट सन्यास लिएका छन् । रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानीमा धराबासीले हालसालै लेखेको ‘तल्लोबाटो’ नामक उपन्यास प्रकाशनसँगै आफ्नो औपन्यासिक लेखन यात्रामा पुर्ण विराम लागेको बताएका हुन् ।२०५६ सालमा ६ वर्षको लामो समय र परिश्रम खर्चेर ‘शरणनार्थी’ नामक उपन्यास लेखेका धराबासीका आढे दुईदर्जन कृति प्रकाशित छन् ।

‘शरणनार्थी’ उपन्यासले विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता बोलाउने मुख्य सन्देश थियो । त्यो सन्देश पुरा पनि भयो । झापामा १८ वर्षसम्म भुटानी शरणनार्थीहरु बसे तर अन्त्यमा नेपालले नै लेखेट्यो । अन्य देशले अन्य देशका नागरिकलाई आफ्ना देशमा बोलाउने गर्छ तर हाम्रो देशले आफ्नै बाजे-बराजुका सन्तानलाई धपाउँने गर्छ । यो सत्य लुकाएर लुक्दैन।

धराबासी भन्छन्,‘हाम्रो देशले आफ्नै बाजे बराजुका सन्तानलाई आफ्नो बनाउँन सक्दैन, अरुले अरु देशका नागरिक आफ्नो बनाउछन्, संसारमा रहेका नेपाली भाषिहरुलाई केही पर्दा नेपाल छ भन्ने लाग्छ तर नेपालमा आउँदा बस्ने कठेरो पाउदैनन्, आफ्नै बाजेको बराजुको, आफ्नो पुस्ताको जन्मभूमिमा बस्न पाउँदैनन यो भन्दा दुखको कुरा के हुनसक्छ?’

शरणनार्थी, राधा, ग्रेटफलस, तल्लोबाटो, लिला लेखन जस्ता थुप्रै कृतिले नेपाली साहित्यको एकछत्रराज गरेका धराबासिले उप्रान्त उपन्यास लेख्ने विषय नभएको स्वीकार गरेका छन्।

उनले भने,‘हामीले समस्या देख्यौ, लेख्यौ, राज्यले ति समस्या समाधान गरेन, आज तल्लोबाटो हुँदै अमेरीका, यूरोप, खाडि मुलुक, जापना लगायत धेरै देशमा लाखौ खर्चेर नेपाली त्यहाँ पुगेका छन्, ति नेपालीको हालत के छ, त्यो हाम्रो राज्यलाई कुनै जानकारी छैन्, जतिलास बाकसमा आए त्यतिमात्रै नेपाली होइन, कति नेपाली यूवाको लासले बाकस पाउँदैन ।’

उनले अघि थपे,‘मेक्सीकोको सिमानामा रोकिएका सयौँ नेपालीको हालतका बारेमा सरकार मौन छ, माया,प्रेम, बिछोड, राजनीति, प्रवास, घरवास, तल्लोबाटो जस्ता धेरै विषय लेखियो अब विषय पनि देख्दिन, उपन्यास पनि लेख्दिन, बजारमा आएका जतिपनि साहित्यका कृतिहरू छन् सबैमा एउटै विषय छ, यस्तो साहित्यलाई खास साहित्य भनिदैन।’

उनले भने,‘करिब दुईसय वर्ष पहिले देखि बर्मामा नेपालीहरू छन्। भारतको दार्जिलिङ, आसाम, मेघालयमा लगायत अन्य स्थानमा पनि नेपाली छन्, तिनिहरुलाई बेलावखत त्यहाँको शासनले लखेट्छ, त्यतिबेला टुहुरा बन्छन्, हाम्रो देशले हेरेर बस्छ।’

 



प्रतिक्रिया दिनुहोस्