Logo

दीपकराज गिरीका जेठा छोरा दिपेशको विहे सम्पन्न



काठमाडौं, १९ असार । ‘चालिस कटेसी उ रमाउन्या, त्यो भन्दा पहिले म घुमाउन्या’ भन्दै दिपकराज गिरीलाई राजाको भूमिका उभिएको देख्ने समय कम छ ।यो डाईलग छक्कापन्जा २ को हो । उत्तल चलचित्र असोज ११ गते रिलिज हुनेछ । लाग्छ उनि एक राजा हुन् जस्ले जे भनेपनि चल्छ, जस्तै गरि अभिनयमा त्यो सन्देशलाई सामाजिक सन्देशमा परिणत गरिरहेका हुन्छन्।

झट्टै हेर्दा दिपकराज गिरीले विहे नै गरेका छैन् भन्ने पनि कतिपयलाई लाग्दो हो । तर त्यो साचो होईन । गिरीका जेठा छोराले नै विहे गरिसके । उनि अभिनय र कथाले मागेको अनुसार मात्रै चलिचित्रमै अरुकी श्रीमति ताक्नेराजा हुन्।

हास्य कलाकार दीपकराज गिरीका जेठा छोरा दिपेश गिरीको बिहे गरेका हुन। दीपकराज गिरीका जेठा छोरा दिपेश गिरीले राजधानीको कीर्तिपुरकी मीरा ज्ञवालीसँग प्रेम विवाह गरेका हुन् ।

सट्याकसुटुक्क आफ्ना जेठा छोराको बिहे गरेका गिरीले मिडियामा यस बारेमा समाचार नबनोस् भन्नका लागी कसैलाई नभनी यसरी बिहे गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्