Logo

विश्वस्तरीय आधारशिला ब्रिक्स अब नेपालमा पनि



काठमाडौं १९ आषाढ । विश्वस्तरीय कोरियाली प्रविधि र कोरियाली मेसिनबाट नेपालमै आधारशिला ब्रिक्सको उत्पादन शुभारम्भ गरिएको छ ।

काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ९ मत्स्यगाउँमा उचित कच्चा पदार्थ प्रयोग गरी ब्लक, इँटा, पेटी तथा बाटोमा छाप्ने ब्लक तथा अन्य विभिन्न आकारमा बनाईने कोरियन प्रविधिको कारखानाको शुभारम्भ भएको हो । करिव १२ रोपनी क्षेत्रफलमा अवस्थित कारखानाको स्थापनामा १० करोड रुपैया लगानी रहेको छ ।

साँसदहरु राजन केसी, विनोद श्रेष्ठ, कोरियाका लागि पूर्व राजदूत कमान सिंह लामा, नेपालस्थित कोरियाली एम्वेसीका काउन्सिलर चोयुसुन, सञ्चालकहरु छोईयाङसुङ, सागर विष्टले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।

आधारशिला ब्रिक्स वातावरण मैत्री, निर्माणकार्य छिटो र छरितो हुने, बलियो, सफा, आकर्षक र विभिन्न आकारमा पाईने, सिमेण्टको प्रयोग कम हुने, कृषि योग्य जमिनको दोहन नहुने, कच्चा पदार्थ नेपालकै प्रयोग हुने र इँटाको विकल्प नभै इँटाभन्दा बलियो, गुणस्तर हुने र दैनिक ५०,००० उत्पादन गर्न सकिने भएकाले ग्रहहरुलाई समयमै उपलब्ध गराउने सकिने दावी लगानीकर्ताहरुको रहेको छ ।

कोरियामा यसै प्रकारको उत्पादनमा संलग्न रहेका प्रतिष्ठित कोरियाली लगानीकर्ता र नेपालमै विभिन्न औद्योगिक तथा व्यापारमा अनुभवी लगानीकर्ताहरुले सुरु गरिएको कम्पनीको व्यवस्थापन स्वयं लगानीकर्ताहरुले नै गरेका छन् ।

ग्राहकहरुको चाहना र भने बमोजिमको आकार प्रकारमा ग्राहकहरुले रुचाएको कलरमा ब्लक, ईँटा उत्पादन गरी दिईने भएकाले घर, स्कुल, क्याम्पस, उद्योग, कलकारखाना, व्यापारिक भवनहरु बनाउन कुनै झन्झट नपर्ने लगानीकर्ता सागर विष्ट बताउँछन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद राजन केसीले भने, वातावरण मैत्री, बलियो, भरपर्दो र घर भवनहरु विदेशी शैलीका देखिने भएकाले आधाशिला ब्रिक्स सबैले प्रयोग गर्नसक्ने बताए ।

अर्का सांसद विनोद श्रेष्ठले पहिलो पटक विदेशी प्रविधिबाट इँटा, ब्लक बनाउने प्रविधि भित्रिएको र यसले देश विकासलाई ठूलो टेवा पुग्ने विश्वा व्यक्त गरे । उनले भने– आधारशिला ब्रिक्सबाट उत्पादन भएका निर्माण सामाग्रीहरु गुणस्तर हुन्छ नै मजदूर मैत्री पनि हुनुपर्छ ।

उद्घाटन कार्यक्रमलाई कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामा, सञ्चालक सागर विष्ट, छोईयाङ सु«ङले सम्बोधन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्