Logo

चलचित्र ‘धनपति’ असार २३ मा रिजिल हुँने



काठमाडौँ, २१ असार । यर्थात कथामा वहदै चलचित्र बनाउन माहिर भनेर चिनिएका निर्देशक दिपेन्द्र के.खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘धनपति’ असार २३ गतेबाट प्रदर्शन हुदैछ ।

पशुपति प्रसादको नाममा चिनिएका कलाकार ‘खगेन्द्र लामिछाने’ देखि चलचित्र पशुपतिमा अभिनय गरेका कलाकार यसमा छन् ।  एकचोटी यस्तै कथामा आधारीत चलचित्र लिएर आउदैछन। पछिल्लो पटक दिपेन्द्रले निर्देशन गरेको चलचित्र ‘धनपति’को चर्चा नेपाली चलचित्र बजारमा निकै चलिरहेको छ।

केहि समय अगाडी चलचित्रको ट्रेलर र एउटा गीत एउटा गीत सार्वजनी भएसंगै चलचित्रको चर्चा झनै चुलिएको हो । टुकी आट्र्स प्रा. लि. र दिपेन्द्र के.खनाल प्रोडक्सनमा निर्माण भएको चलचित्र धनपति यहि असार २३ गतेदेखि देशभरबाट प्रदर्शनमा आउन लागेको हो । सो चलचित्र यूटुवमा भने रिलिज नहुने कुराको जानकारी चलचित्रको निर्माण टिमले दिएको छ।

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ।



प्रतिक्रिया दिनुहोस्