Logo

चलचित्र ‘देश परदेश’को भोलि देखि छायाङ्कन सुरुहुने



काठमाडौँ, २१ असार । एक दशक भन्दा अगाडि चलचित्र ‘देश प्रदेश’ निर्माण भएको थियो । नायक धिरेन शाक्यको यो चलचित्रले निकै राम्रो व्यापार पनि गरेको थियो ।

अब, यही नाम सापटी लिएर निर्देशक राजु गिरीले चलचित्र निर्देशन गर्ने भएका छन् । राजु गिरी प्रोडक्शन र सोनी फिल्मस्को संयुक्त प्रस्तुतीमा बन्न लागेको यो चलचित्रको शुभसाइत गरिएको छ ।

चलचित्रमा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागा“इको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ ।
भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन भोलि अर्थात असार २२ गतेबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्