Logo

इलाममा पहिलोपटक नाटक महोत्सव



इलाम, २२ असार । इलाम सदरमुकाममा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन प्रतिष्ठानका कुलपति सरुभक्तले गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नाटक महोत्सवको आयोजना गरेको हो । उद्योग वाणिज्य सङ्घ इलामको संयोजनमा शुरु भएको नाटक महोत्सव आजदेखि चार दिनसम्म चल्नेछ ।

चार दिनमा विभिन्न नौ वटा नाट्य समूहले नाटक प्रदर्शन गर्ने प्रतिष्ठानका नाट्य विभागका प्रमुख रमेश रञ्जन झाले जानकारी दिनुभयो । जिल्ला जिल्लामा नाटकको वातावरण बनाउन र नाटकको विकासका लागि प्रतिष्ठानले अघिल्लो वर्षदेखि राजधानी बाहिर महोत्सव गर्न थालेको हो । गत वर्ष दोलखाको चरिकोटमा नाटक महोत्सव भएको थियो ।

नाटक महोत्सवमा आरोहण गुरुकुलले जिउँदो मान्छे, चेतना नाट्य समूहले एउटा यस्तो मान्छे, कदम थिएटरले मरिचेको चुपी, तरङ्ग संस्कृति परिषद् हेटौँडाले फु–फु–फु, छितिज नाट्य समूहले इजलासको फैसला, चुलाचुली रङ्गमञ्चले खाल्डो, नौलो साहित्यिक बिहानी प्रतिष्ठानले उज्यालो पाइला, परिवर्तन नाट्य समूहले सुकुम्वासी राजा नाटक प्रस्तुत गर्ने नाट्य विभागका प्रमुख झाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्