Logo

कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालको बैठक बालुवाटारमा सुरु



काठमाडौं, २३ असार । आज निर्वाचन आयोगमा दल दर्ता गरे लगत्तै राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु संविधान संशोधनमा सहमति जुटाउने भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले पत्रकार ऋषि धमलासँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, र राजपावीचको बैठक अहिले बालुवाटारमा सुरु भएको जानकारी दिए ।

प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन अघि नै संविधान संशोधन गर्नुपर्ने राजपाको माँग छ । यता सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलेपनि तेस्रो चरणको निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित गराउन पहल गर्ने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्