Logo

काठमाडौं २८ वडाद्वारा सफाई अभियान सम्पन्न (फोटोफिचर)



काठकाडौं, २४ असार । काठमाडौं महानगरपालिका वडा नं. २८ क्षेत्रभित्र रहेका सडक, टोल र गल्लिहरुको सफाई अभियान सम्पन्न गरेको छ ।

शनिबार का.म.पा २८ वडाका अध्यक्ष भाइराम खड्गी (प्रकाश) को नेतृत्वमा पुतलीसडकदेखि धोवीधारा, बग्गीखान, भक्तपुर बसपार्क र कमलादी क्षेत्रका सडक, पेटी, टोलका गल्लीहरुको सफाई अभियान सम्पन्न गरेको हो ।

सफाई अभियानमा २८ वडा अध्यक्ष भाइराम खड्गी, सदस्य देवेन्द्र खड्गी, माओवादी केन्द्रका छविलाल कँडेल, राप्रपाका देवनारायण तण्डुकार, ईच्छुमती व्यायाम मन्दिरका अध्यक्ष राजेन्द्र तण्डुकारका टिम, केएमसी कलेजका प्रिन्सिपल, विद्यार्थीहरु र अनामनगर प्रहरी प्रभागबाट सई भोजराज खड्काको नेतृत्वमा आएको टिमलगायतको उपस्थिति रहेको थियो ।

सफाई अभियानमा बोल्दै अध्यक्ष भाइराम खड्गीले भने, हामी प्रत्येक शनिबार यसरी नै सफाई अभियान सञ्चालन गरेर २८ वडालाई सुन्दर, सफा र हराभरा बनाउने छौं । सफाई अभियान विहान ७ बजेदेखि ९ बजेसम्म चलेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्