Logo

बालुवाटार बोलाएका कमल थापासँग देउवा एकछिन बोल्दै नबोलेपछि !



काठमाडौं, २४ असार । सत्तारुढ दलद्धय नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, र राप्रपावीच आज संविधान संशोधनबारे छलफल भएको छ ।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफलको लागि प्रधानमन्त्री देउवाले राप्रपाका शीर्ष नेताहरुलाई बोलाएका थिए। जसअनुसार राप्रपा अध्यक्ष कमल थापा र बरिष्ठ नेता पशुपतिशमशेर जबरा बालुवाटार पुगे । बैठक हलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड पनि सँगै थिए ।

स्रोतका अनुसार हिजो कांग्रेस, माओवादी केन्द्र र राजपावीचको छलफल चलिरहँदा प्रधानमन्त्री देउवाले आफूहरुलाई आजको छलफलको लागि बोलाएको कमल थापाले बताएका छन् ।

बैठक हलमा समयमै पुगेका प्रधानमन्त्री देउवा एकछिन अध्यक्ष थापासँग बोल्दै बोलेनन् । प्रचण्डले नै सम्वाद सुरु गरेको स्रोतको दाबी छ ।
देउवातर्फ देखाउँदै प्रचण्डले सम्वाद सुरु गरे,‘लौन सुरु गरौं सम्वाद, थापाजीलाई किन बोलाउनुभएको हो ?

भनेपछि देउवाले सविधान संशोधनमा सहयोग गर्नको लागि बोलाएको नि भन्दै रुखो जवाफ फर्काए । त्यसपछि थापाले भने,‘त्यसो भए संविधान संशोधनको आधार, कारण र औचित्य दिनुहोस न त ।’ यद्धपी थापाले आफूहरु यसअघि हामी पक्षमा थियौं, सरकारमा हामी छैनौं।

फेरि देउवाले भने,‘संविधान संशोधन गर्नुपर्छ, गर्नुपर्छ भनेपछि गर्नुपर्छ।’

देउवा र थापावीचको बडो रुखो सम्वाद सुनेपछि प्र्रचण्डले विनम्र रुप्मा संविधान संशोधनको अहिलेको आवश्यकत्ताबारे प्रकाश पारेका थिए । उनले थापालाई तत्कालै सरकारमा आउनको लागि पनि आग्रह गरे ।

यता थापाले भने अहिले नै आफूहरुलाई सरकारमा सहभागी हुने हतारो नभएको स्पष्ट पारेका थिए । तर उनले सम्मानजनक अर्थात चार वटा मन्त्रालय दिने हो भने सहभागी हुन सकिनेबारे समेत संकेत गरेका थिए ।

बालुवाटार बैठक सकिएलगत्तै पार्टी कार्यालय पुगेका थापाले त्यहाँ शीर्ष नेताहरुसँग आज भएको देउवा र प्रचण्डसँगको बैठकमा कांग्रेसले गम्भिर रुपमा डिल गर्न नसकेको बारे जानकारी गराएका थिए । उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘हामी आश्वस्त हुन सकेका छैनौं ।’ सरकारमा राप्रपाको सहभागिताको आवश्यकत्ता बारेमापनि देउवाले केही नभनेको उनले पार्टीमा जानकारी गराएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्