Logo

‘म यस्तो गीत गाउँछु’ युनिट आक्रमक प्रचारमा



बुटवल, आषाढ २४ । अहिले नेपालि फिल्म प्रमोसन गर्न एक अर्का भन्दा बलबुताले लागेसम्म गर्ने नेपालि फिल्मका कलाकार तथा निर्माता निर्देशकहरु को भन्दा को कम गर्दै हिडिरहेका छन्।

पछिल्लो समय विभिन्न गसिप र झगडा अनि छुट्टिए पछिको निर्माण भएको फिल्महरु चर्चामा छन्। कुन फिल्मले आफ्नो पोल्टामा दर्शक पार्ने हो ? त्यो भने थाहा हुन फिल्म प्रदर्शन मिति नै कुर्नुपर्छ। अघिल्लो बर्षको सफल फिल्म प्रेमगीतबाट प्रमोसन र च्यारिटीमा देशविदेशमा सहभागी नगराएको भन्दै छुट्टिएको यो युनिटले अहिले दर्शकलाइ दुइ वटा फिल्म एक हप्ताको फरकमा दिदैछ ।

यो बर्ष प्रेमगीतकै “म यस्तो गीत गाउछु” बोलको गीतबाट नाम टपक्क टिपेर बनाइएको फिल्ममा पल शाहलाइ प्रदिप खड्काको ठाउमा राखिएको छ भने उता नया “प्रेमगीत २” मा पुजा शर्माको ठाउमा अश्लेशा ठकुरीलाइ राखेका छन् । प्रेमगीतका निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको बिचमा खटपट भएपछि त्यो मित्रता पनि टुटेर “प्रेमगीत २” का निर्देशक अहिले रामशरण पाठक भएका छन् ।

असार ३० गते आउदै छ “म यस्तो गीत गाउछु” भने साउन १३ गते आउदैछ दर्शक माझ “प्रेमगीत २” आफ्नो प्रमोसनको लागि ज्यान दिएर लागेको “प्रेमगीत २” युनिट अहिले देशव्यापी कन्सर्टटुरमा दर्शकसंग मजा लिइरहेको छ। भने यता सुदर्शन थापासंग पुजा शर्मा र पल शाह “म यस्तो गीत गाउछु” को युनिट लिएर प्रमोसनमा हिडिरहेका छन्। यही क्रममा चितवनको सौराहा घुम्न आएका उनीहरु फिल्म प्रमोसन भन्दा पनि अन्य बिषयमा केन्द्रित भै रुमल्लिरहेको हो कि? भन्ने भान परिरहेको छ ।

त्यस्तै बुटवलमा शुक्रबार आएको युनिट शनिबार बिहानै प्रेस मिटमार्फत प्रमोसन गर्ने भनेर सबै प्रचारप्रसार भैसकेपछि सो प्रेसमिटलाइ आफ्नो फरक कार्यक्रममा गाभ्न खोजेपछि रुपन्देहीका चलचित्र पत्रकारहरु रुष्ट देखिएका छन्। फिल्म प्रमोसन भन्दापनि कुनै ब्यबसायिक प्रतिष्ठान ब्राण्डको प्रमोसनमा आएको देखेर चलचित्र पत्रकारहरु जिल्ला देखिन्छन ।

यसबारेमा चलचित्र पत्रकारसंग रुपन्देहीका अद्यक्ष सुमन श्रेष्ठलाइ यो जिज्ञासा राख्दा उनले हामीलाई खबर भएअनुसार बिहान ८ बजेको शेड्युलमा फिल्म युनिट त्यो ठाउमा नभएको र कार्यक्रम पोस्टपोण्डले तनाब पत्रकारहरुको समूहलाइ सम्हालेर राख्न धौधौ भएको बताउनुभयो। त्यस्तै उहाले हामिहरुको यो संजालमा आएर कन्सल्टेण्ट गर्नुपर्नेमा फिल्म युनिटले आफ्नो मनोमानी गरेकोमा बुटवलका पत्रकारहरुलाई कुनै खबर नगरी कार्यक्रम सरेको प्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।

सो कुराको आलोचना गर्दै चलचित्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष संजय सौगातले प्रमोसन फिल्मको हुने हो पत्रकार को होइन , यत्ति कुरा नबुझेकोमा फिल्म युनिट प्रति दर्शकलाइ समेट्न प्रमोशन जरुरि भएको र “म यस्तो गीत गाउछु” ले त्यो कुरालाइ कुठाराघात गरेको बताउनु भयो।

प्रतिश्प्रधामा देखिएको यो फिल्म “म यस्तो गीत गाउछु” को प्रमोशन मै ढिलाई भएको भएपनि अन्तिममा आएर गरेको प्रमोशनले पनि खासै प्रभाब नपार्ने हो कि भन्नेमा शंकागर्न मिल्छ। हुनत फिल्म चलने भनेकै प्रमोसन र कथा बस्तु अनि मेकिङ्ग र केहि प्रतिशत कलाकारले पनि हो तर यहि कुरालाई मध्यनजर गर्दै “म यस्तो गीत गाउछु” भने फिल्मको गुड प्रमोशन गर्न चुकेको देखिन्छ।



प्रतिक्रिया दिनुहोस्