Logo

दोस्रो राष्ट्रिय मह मेला २०७४ काठमाण्डौको भृकुटिमण्डपमा सोमबारबाट सुरु



काठमाडौं, २६ असार । नेपालमा मह उत्पादन र व्यवसायको अवस्था सन्तोषजनक छैन । सम्भावना भएर पनि मह व्यवसाय अगाडि आउने नसकेको व्यवसायीको भनाई छ । व्यवसायिक मह उत्पादन, खपत र निकासीको प्रशस्त संभावनालाई सफल बनाउनका लागिव राष्ट्रिय मह मेला सुरु भएको छ । दोस्रो राष्ट्रिय मह मेला २०७४ काठमाण्डौको भृकुटिमण्डपमा सोमबार बाट सुरु भएको छ । समृद्धिका लागि व्यवसायिक मौरीपालन भन्ने नाराका साथ सुरु भएको मेला असार २९ गते सम्म चल्ने छ । कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग व्यवसायिक किट विकास निर्देशनालयले मेलाको आयोजना गरेको हो । नेपालमा महको उत्पादन र खपतलाई अझ बढाउनको लागि मेला सहयोगि बन्ने विश्वास लिइएको छ । महको प्रयोगले कुनै पनि किसिमको नकारात्मक असर नगर्ने तथा धेरै रोगमा औषधीको काम गर्ने भएकोले यसको महत्व रहेको छ । नेपालमा हाल उत्पादन भइरहेको महको मात्रालाई वृद्धि गर्न सकिने प्रशस्तै सम्भावना रहेको मह विज्ञहरुको दाबी छ । विज्ञहरुले मह उत्पादन गर्ने मौरी पालनलाई व्यवस्थित गर्नका लागि सरकारले नयाँ रणनीति लिनुपर्नेमा जोड दिएका छन् । नेपालमा उत्पादन हुने मह युरोप लगायतका धेरै विकसित मुलुकमा उच्च माग भएकोले निर्यात गरि देशको आर्थिक विकासमा सहयोग पुग्ने कतिपयको भनाई छ । मेलामा सहभागिहरुले मह उत्पादन बढाउन सके समग्र अर्थतन्त्रमा टेवा पुग्ने दाबी समेत गरेका छन् । मौरीपालनलाई व्यवसायिकरण गरि यसबाट लाभ लिनु आवश्यक रहेको सरकारी निकायले बताउँदै आएका छन् । तर सो अनुसारको योजना भने बनाइएको छैन । कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग व्यवसायिक किट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले पनि मह उत्पादन वृद्धिका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । अहिले नेपालमा वाषर््िाक करिब २२ सय मेट्रिकटन मह उत्पादन भईरहेको छ । तर नेपालको सम्भाव्यता अनुसार वार्षिक १० हजार टन सम्म उत्पादन गर्न सकिने मह विज्ञहरुले बताउने गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्