Logo

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं, साउन १ । महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवालाई भेट्दै समितिले मन्त्रिपरिषद बैठकमै उपस्थित हुने गरी महिलाको ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको हो ।

प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री र राज्यमन्त्री गरी ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने वचन दिएको भेटमा सहभागी सांसदहरुले बताए ।

महिला सांसदहरुले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्