Logo

अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता



काठमाडौँ, १ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किनुभएको छ ।

यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको नियमित जाँचका लागि अध्यक्ष दाहाल गत बुधबार थाइल्याण्ड जानुभएको थियो ।

लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षण गरी आज दाहाल स्वदेश फर्किनुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाल फर्किएलगत्तै अब मन्त्रिमण्डल विस्तारलगायतका विषयले पूर्णता पाउने अपेक्षा गरिएको छ रासस



प्रतिक्रिया दिनुहोस्