Logo

उद्योगपति, सरकार र उपभोक्तावीच आरोपप्रत्यारोप, सरकार भन्छ :‘मिसावट सामान बेच्नेलाई छोड्दैनौं, उद्योगपति भन्छन्,‘गफ धेरै नगरे हुन्छ’



उपभोक्ता भन्छन्,‘हामीले भुक्ने काम गरेका छौं, अब ठोक्न पाउनुपर्छ’
काठमाडौं, २ साउन । खाद्य सामाग्रीमा मिसावटको बारेमा सरोकारवालाहरुवीच नै आरोप प्रत्यारोप र झण्डै हात हालाहालको स्थिति भएको छ ।

पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम धमलाको हमलाको यो ईपिसोडमा खाद्य सामाग्रीर(पेयपदार्थ, चामल, दाल, तेल) को बारेमा विशेष बहस भएको थियो ।

बहसमा विभिन्न खाद्यसम्बन्धी उद्योगी, व्यवसायी र सरकारी निकायका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीहरुवीच आरोपप्रत्यारोप नै चलेको थियो ।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधि उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ र खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्रा बज्रचार्यवीच आरोपप्रत्यारोप नै चलेको थियो ।

भिडियोसहित: 

 



प्रतिक्रिया दिनुहोस्