Logo

२४ घण्टा प्रहरी खोरमा बसेर बाहिरिएका गायक पंगेनीको स्पष्टोक्ति झुठ साबित, प्रहरी भन्छ : “हो, हामीले उनलाई जुवाकै खालबाटै पक्राउ गरेका हौं”



काठमाडौं, ४ साउन। जुवाको खालबाट हिजो साँझ नै पक्राउ परेका गायक बद्री पंगेनी आज एमाले नेतृत्वको चर्को दबाबका कारण थुनामुक्त भएका छन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री जनार्दन शर्मालाई फोनमार्फत दबाब दिएपछि पंगेनीलाई प्रहरीले आज साँझमात्रै उनलाई रिहाई गरेको हो ।

हिरासतमै भएका बेला गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई ढाँटेका थिए । तर उनको उक्त झुठ १२ घण्टापनि टिक्न सकेन । उच्च स्रोतका अनुसार महाराजगंज प्रहरीले पंगेनीलाई मंगलबार बेलुका सात बजेतिर पक्राउ गरी आज बुधबार ११ बजेतिर जिल्ला प्रशासन कार्यालयमा पठाइएको थियो ।

पंगेनीले पक्राउ नभएको दावी गरिरहेका बेला प्रहरीले भने उनलाई आफूहरुले पक्राउ गरिएको पुष्टी गरेको हो । पंगेनी मंगलबारराती काठमाडुको बाँसबारीस्थित् होटेल शाम्बालाबाट पक्राउ परेको प्रहरीको दाबी छ ।

जुवा खेलिरहेका बेला गायक पंगेनीसहित अन्य ११ जना पक्राउ परेको महाराजगंजका प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

एमाले अध्यक्ष ओलीको दवावमा उनी हिरासतमुक्त भएका छन् । उनलाई दिउसो १ बजेतिर जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिहा गरेको हो । गायक पंगेनीमात्रै नभएर उनीसहित पक्राउ परेको ११ जना नै हिरासतमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ ।

गायक पंगेनीको नामबाट सार्वजनिक भएको विज्ञप्तीमा भने उनले आफु पक्राउ नै नपरेको दावी गरेका थिए । उनी राष्टिय लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत हुन । उनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको थियो । तर उनी हिरासतमुक्त भएपछि उनकै अध्यक्षतामा बसेको स्रोतको दाबी छ ।

गायक पंगेनीलाई चिन्नेहरुले भने उनी लामो समयदेखि यस्तै जुवा, तास जस्ता कार्यमा संलग्न हुदैँ आएको जनाएका छन् । उनी काठमाण्डुका अधिकांश क्यासिनोका पनि ग्राहक भएको निकटस्थहरुको भनाई छ ।

देशकै लोक, संस्कृति तथा कलाको जर्गेना गर्ने नेतृत्वमा रहेका गायक पंगेनीको यो हर्कतले उनका शुभेच्छुकहरुमा भने यतिवेला नैराश्यता छाएको छ । तर उनी भने कुलतमा नै फस्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्