Logo

देउवा प्रधानमन्त्री भएपछि मुलुक पहिला जस्तो थियो त्यस्तै छ, रामचन्द्र पौडेलका कारण चुनाव हारियो : रमेश लेखक



नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि उल्लेखनीय काम गर्न नसकेको आरोप लागिरहेको छ । चुनावको तयारी पार्यप्त नभएको, राजपाको माग पूरा गर्न नसकेको तथा केही पनि नयाँ काम गर्न नसकेको टिप्पणी हुने गरेको छ । नेपाली कांग्रेस पार्टीभित्रकै समस्या र देउवाको गल्तीका कारण स्थानीय तहको चुनावमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको समेत आरोप लागको छ । यिनै विषयमा ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा कांग्रेस नेता रमेश लेखकसँग अन्तरवार्ता लिनुभएको छ । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मन्त्रालय भागबण्डाको विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच कुरा मिलेको हो ?
कुरा पहिले न मिलेको थियो । निर्णय हुन मात्रै बाँकी थियो । निर्णय पनि भयो ।

दुई दलबिचमा मन्त्रालयको भागबण्डा भयो ?
भागबण्डा भन्दा पनि कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गो लाग्यो ।

अब मन्त्रीमण्डल विस्तार कहिले हुन्छ त ? कांग्रेसभित्र कुरा मिलाउन गाह्रो होला ?
नेपाली कांग्रेसभित्र त्यस्तो गम्भीर प्रकृतिको द्धन्द्ध होइन । सामान्य मतान्तरको कुरा हो । छलफल हुने क्रममा छ । छिटै मन्त्रीमण्डल विस्तार हुन्छ ।

अहिले सरकारले संविधान संशोधनको विषयलाई छायाँमा पारेको जस्तो देखियो । राजपाको माग पूरा नगर्ने हो तपाईहरुले ?
राजपाको मागलाई सम्बोधन नगर्ने भन्ने निष्कर्षमा नै पुगेको होइन नि । उहाँहरुको मागलाई सम्बोधन गर्ने कुरा छायाँमा पनि परेको छैन । अहिले संविधान संशोधनको विषयलाई अहिले मतदानमा नलैजाने भनिएको मात्रै हो । तर संशोधनका लागि दुई तिहाई मत पु¥याउनका लागि त कांग्रेस र माओवादीले प्रयास धेरै गरेको छ । त्यो प्रयास अझै जारी छ ।

वास्तवमा राजपको माग कस्तो मुद्दा हो ?
राजपाको मागलाई हामीले राष्ट्रिय मुद्दाको रुपमा लिएका छौँ । हाम्रो आधारभूत विषय भनेकै संविधानको सर्वस्विकार्यता हो । संविधान कार्यान्वयनका लागि यो आवश्यक पनि छ । निर्वाचन सम्पन्न गराउनका लागि पनि पनि संविधानलार्य सबैले स्विकार गर्न सक्ने बनाउनुपर्छ ।

संविधान संशोधन नगरी सर्वस्विकार्य हुने अवस्था छैन । अब के गर्ने त ?
हामी त संशोधन गर्नका लागि नै प्रयास गरिरहेका छौँ । तर संसदमा दुई तिहाई मत पुग्ने अवस्था छैन । त्यसैले मतदानमा लैजाने वा नलैजाने भन्ने विषयमा राजपाका नेताहरुसँग छलफल गरेर उहाँहरुको राय अनुसार अघि बढ्छौँ । यदी उहाँहरुले संसदमा निर्णयार्थ पेश गर्न मान्नुभयो भने हामी तयार छौँ ।

प्रदेश नम्बर २ को चुनावका लागि कांगेसले के तयारी गरिरहेको छ ?
प्रदेश नम्बर २ का ८ वटै जिल्लाका सासंद, जिल्ला सभापति लगायत सबै नेताहरुलाई बोलाएर त्यहाँ पार्टीलाई पहिलो बनाउनका लागि छलफल गर्ने तयारीमा छौँ । हाम्रो रणनीति भनेको २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने हो ।

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा किन अपेक्षा गरे जस्तो नतिजा ल्याउन सकेन ?
मुलतः हामीले उम्मेदवारी तय गर्दा ढिलो ग¥यौँ । जसका कारण उम्मेदवारहरु जनतामाझ समयमा जान सकेनन् । अर्को कुरा उम्मेदवारका लागि आकाक्षी पनि धेरै थिए । आकाक्षी सबैले उम्मेदवारी पाउन सम्भव छैन । यस्तो अवस्थामा कतिपयको चित्त दुख्यो । समय अभावका कारण चित्त दुखाउनेहरुलाई खुशी पार्न सकिएन । यस्ता कमी कमजोरीका कारण हामीले चुनाव हारेका हौँ ।

तपाई कमाण्डर भएको सुदुरपश्चिमको कन्चनपुरमा कांग्रेसले किन हा¥यो ? जबकी त्यहाँ तपाईले नै भनेका नेताले टिकट पाएका थिए ।
मैले भनेका मान्छेले टिकक पाए वा पाएनन् भन्नेतिर म जान्न । किनकी पार्टीले टिकट दिएको हो । तर कांग्रेसको आधारस्थल ७ नम्बर प्रदेशमा राम्रो नतिजा आउन नसकेको सत्य हो । आशा र विश्वास गरेजति उपलब्धि प्राप्त गर्न सकेनौँ । यस विषयमा गम्भीर समीक्षाको जरुरी छ । देशभरीकै नतिजाका विषयमा केद्रिय समितिमा समीक्षा गछौँ ।

पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कमजोर नतिजा आएको आरोप छ नि ?
शेरबहादुर देउवाले एकल ढंगले हाँक्नुभएको होइन नि । स्थानीय तह निर्वाचन परिचालन मुल समितिको संयोजक रामचन्द्र पौडेल हुनुहुन्थ्यो ।

शेरबहादुर देउवाले प्रधानमन्त्री भएर पनि केही काम गर्न सक्नुभएन । किन ?
त्यसो होइन । देउवा प्रधानमन्त्री भएपछि नै दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तीपूर्ण तरिकाले सम्पन्न भएको छ । त्यो उपलब्धि होइन ? अरु निर्वाचनका पनि आधारहरु अघि बढेका छन् । संघीय संसद र प्रदेश सभाको चुनावका लागि आवश्यक कानुनका मस्यौदाहरु अन्तिम रुपमा पुगेका छन् ।

मुलुक त अस्तव्यस्त छ नि ?
देउवा प्रधानमन्त्री भएपछि मुलुक जस्तो थियो त्यस्तै छ । थप अस्तव्यस्त भएको छैन । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि थपिएका समस्या कुनै पनि छैन । भएका समस्या समाधान गरेर जाने कुरामा सरकार गम्भीर छ ।

मन्त्रीमण्डल कहिले विस्तार हुन्छ ?
२,३ दिनभित्रमा मन्त्रीमण्डल विस्तार हुन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्