Logo

२ नम्बर प्रदेशको राष्ट्रिय भेलामा देउवाद्वारा चुनाव जित्नेदेखि लिएर संविधान संशोधन गर्नेसम्म राणनीति प्रस्तुत



काठमाडौं, ५ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउने निर्वाचनमा पार्टीका ईमानदार, लोकप्रिय र सक्षम नेताहरुलाई टिकट दिईने बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित २ नम्बर प्रदेशको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो वचन दिएका हुन। देउवाले चुनावमा घात तथा अन्र्तघात गर्नेलाई पार्टी नेतृत्वले ‘अन द स्पट’ कारबाही गर्ने समेत चेतावनी दिएका हुन् ।

त्यस्तै देउवाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकामा सबैले टिकट पाउने धारणा राखे । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हेर्नुहोस, तपाई सबै नेताहरुले के बुझ्नुपर्यो भने, यो चुनावमा टिकट नपाउनेले अर्को चुनावमा टिकट पाउँछ, निर्वाचनहरु धेरै छन् नि, एउटा निर्वाचनमा टिकट नपाउनेले अर्को चुनावसम्म धैर्य गर्न सक्नुपर्यो नि।’ यद्वपी देउवाले अब आफूले मेरो वा तेरो भन्ने नाममा आफूले अब टिकट वितरण नगर्ने समेत भेलामा सहभागी नेताहरुलाई आश्वासन दिएका थिए ।

बैठकमा सहभागी नेता तथा सांसद महेन्द्र यादवले भने,‘पार्टी सभापतिज्यूले अब म तेरो र मेरो भन्दिन्, जित्नेलाई टिकट दिन्छु भन्नुभएको छ, त्यतिमात्रै होईन, उहाँले जो लोकप्रिय छ, उसलाई टिकट दिनुपर्छ भन्नुभएको छ ।’

देउवाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अब आफ्नो पार्टी पहिलो हुने दाबी प्रस्तुत गरेका थिए । उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘२ नम्बर प्रदेशमा हामी १ सय सिट जित्छौं, कांग्रेस विकासको एजेण्डा बोक्न तयार छ, जित्नको लागि तपाईहरु तयार हुनुहोस्।’
त्यस्तै आजको भेलामा पनि उनले संविधान संशोधनको लागि प्रयास गर्ने जनाए । उनले भने,‘एमाले र राजपासँग पनि कुरा गर्छु ।’

 



प्रतिक्रिया दिनुहोस्