काठमाडौं, ६ साउन । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले करियर काउन्सिलिङ् कार्यक्रमलाई राष्ट्रिय स्तरमा नै देशव्यापी रुपमा लैजानुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले ११ औं ईक्यान एजुकेशनल फेयर चलिरहेको अवसर पारेर मेलाका स्कोप र उद्देश्यबारे आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता लम्सालले यस्तो बताएका हुन् । उनले भने,‘करियर काउन्सिलिङ् कार्यक्रम विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्छ, ताकि विद्यार्थीहरुलाई आफ्नो भविष्य र उधेश्यबारे थाहा पाउन मद्दत पुग्छ।’ उनले उक्त कार्यक्रमलाई देशव्यापी रुपमा प्रभावकारी बनाउनुपर्ने समेत स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उक्त साक्षात्कारमा बोल्दै उनले भने,‘अधिकांश विद्यार्थीहरु अहिलेपनि हाई स्कुल सकिएपछि आफ्नो करियरबारे के गर्ने वा कसो गर्नेबारे अन्यौलमा छन्, यस्तो अवस्थामा निजी तथा सरकारी संघ तथा संस्थाहरुले राम्रोसँग उनीहरुलाई काउन्सिलिङ् गर्न मद्दत गर्नुपर्छ, खासगरी उनीहरुको दक्षता, पोटेन्सियालिटीबारे पत्ता लगाउन, राम्रो तथा सही कलेज छान्नको लागि पनि सहयोग पुग्छ।’ त्यस्तै उनले स्वदेश तथा विदेशमा अध्ययन गर्नको लागि पनि यस्ताखाले फेयरले विशेष मद्दत पुग्ने समेत जनाए ।
उनले विद्यार्थीहरुलाई विदेशमा उच्च्च शिक्षा अध्ययनको लागि गरिने काउसिन्सलिङसँगै आफ्नो अध्ययन सकिएपछि स्वदेश फर्कने सोच विद्यार्थीहरुले बनाउन जरुरी रहेको आवश्यकत्ता औंल्याए । उनले भने,‘विदेशमा उच्च शिक्षा हाँसिल गरेका विद्याथीहरु स्वदेश फर्किएर आफ्नो देशको विकासमा टेवा पुर्याउन अति आवश्यक छ, यसतर्फ समेत उनीहरुको ध्यान जान जरुरी छ।’
लम्सालले यस्तो फेयर आयोजना गरेर सचेतना फैलाएको भन्दै ईक्यानलाई धन्यवाद समेत दिए ।
त्यस्तै कार्यक्रममा ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले उक्त मेला आयोजना गर्नुको मुख्य उद्देश्य नै विदेशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहाने विद्यार्थीहरुलाई उचित काउन्सिलङ् गर्नु रहेको बताए । उनले भने,‘यो मेलाको मुख्य उद्देश्य नै विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहाने विद्यार्थीहरुलाई एब्रोड स्टडिजको बारेमा यसका अवसरहरु, स्कोप र चूनौतिहरुको बारेमा जानकारी दिनु र उचित सल्लाह दिनु हो ।
उक्त मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान तथा फ्रान्स लगायतका विभिन्न १५ विश्वविद्यालयहरुले सहभागिता जनाएको उनले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले उक्त मेला आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले मेलाले विद्यार्थीहरुलाई सही मार्गनिर्देश गर्ने, भविष्यको बारेमा र आफ्नो करियरको बारेमा सही काउन्सिलिङ् गरिरहेको बताए ।
आगामी दिनमा यस्ता मेलाहरुलाई देशका विभिन्न ठाउँमा पुर्याउनुपर्ने उनको जोड थियो । धमलाले भने,‘शैक्षिक मेला अहिले अत्यन्तै महत्वपूर्ण बन्दै गैरहेको छ, यसलाई आगामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्छ।’ उनले विद्यार्थीहरुलाई कस्तो विश्वविद्यालय चुन्ने भन्नेबारेमा यस्तो मेलाले सहयोग पुग्ने बताए ।
मेलामा ३ सय ७० स्टल र १४ प्याभिलियनहरु राखिएका छन् र मेलामा एक लाख २५ हजार अवलोकनकर्ता आउने समेत आयोजकले विश्वास लिएको छ ।