Logo

माओवादी केन्द्रको सचिवालय बैठक सम्पन्न



श्रावण ७, काठमाडौं । सोमबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको सचिवालय बैठक शनिबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै शनिबार सम्पन्न भएको हो ।

बैठकमा पार्टी सचिवालय सदस्यहरुले निर्वाचनको समीक्षा, पार्टी पूनर्निर्माण र आगामी योजनाबारे आफ्नो रिपोर्ट र धारणा राख्नुभएको थियो ।

शनिबारको बैठकमा नेता रामबहादुर थापा बादलले आफ्नो धारणा राख्नुभएको थियो भने नेताहरुले उठाएका जिज्ञासा, समीक्षा र आगामी योजना लगायतका विषयमा बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै बैठक समापन गर्नुभएको थियो । आइतबारको पत्रकार सम्मेलनलाई पार्टी अध्यक्ष क. प्रचण्डले सम्बोधन गर्नु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्