Logo

एमाले, माओवादीको घमण्ड चूर भयो कांग्रेसको घमण्ड पनि चूर हुँदैछ: अध्यक्ष प्रचण्ड



काठमाडौं, ८ साउन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभापछि प्रत्यक्ष कार्यकारी प्रणालीमा जाने सर्वसम्मत सहमति भएको  भन्दै  दोस्रो संविधानसभापछि कांग्रेस र एमाले पछि हटेकाले पुरानै संसदीय प्रणालीमा जानुपरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने ‘२००७ सालदेखि ०७४ सम्म पनि नेपालले कम्तिमा ५ वर्ष चल्ने सरकार पाउन सकेको छैन, १० वर्षमा १० वटा सरकार फेरिने जनताले स्थिर राजनीतिक प्रणालीको अपेक्षा गरेका छन् , कम्तिमा यो स्थितिको अन्त्य गरी ५ वर्ष चल्ने शासन प्रणाली बनोस् ।’

त्यस्तै  बैठकले निर्वाचन प्रणालीलाई पनि फेर्नुपर्ने प्रस्ताव गरेको छ । माओवादीको प्रस्ताव राष्ट्रपतिको चुनाव प्रत्यक्ष गर्ने र संसदको चुनावचाहिँ पूर्ण समानुपातिक बनाउनुपर्ने भन्ने छ ।

प्रचण्डले अहिलेको चुनाव प्रणालीको आलोचना गर्दै भने ‘चुनाव साह्रै खर्चिलो हुन थाल्यो एउटा गाउँपालिकाको निर्वाचनमा ५, ७ करोड खरोड खर्च गरेको पाइयो, अब प्रदेशमा डबल होला, केन्द्रमा त्यस्तै, गरीब गुरुवाले त छाडौं, मध्यम वर्गले पनि चुनाव लड्न नसक्ने अवस्था आयो ।’

माओवादी केन्द्रको  केन्दीय सचिवालयको विस्तारित बैठकका निर्णय बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबका निर्वाचनमा एउटै निर्वाचन चिन्ह लिएर चुनावमा जाऔ भनेर एमाले अध्यक्षले प्रस्ताव गर्नु भएको छ नि भनेर सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा ओलीलाई धन्यवाद दिएका हुन् ।

प्रचण्डले भने ‘ओलीजीले यसो भनेकोमा उहाँलाई धन्यवाद नै दिन चाहन्छु, उहाँ ठूलो त बन्नुभयो, तर परिस्थितिको गम्भीरतालाई बुझेर यसो भन्नुभएको होला, यसमा उहाँलाई धन्यवाद छ । वामदेवजीले त चुनाव अघि देखि नै मिलौं भन्दै आउनुभएको हो, उहाँले त ५०–५० गरेर चुनावमा जाऔं समेत भन्नुभएको हो ।’

प्रचण्डले अघि थपे,‘हाम्रो घमण्ड चूर भयो, एमालेको पनि घमण्ड चुर भएकै हो, कांग्रेसको घमण्ड पनि चूर हुँदैछ । सबैको घमण्ड चूर भएपछि हामी एकै ठाउँमा आउनुपर्छ।’

अध्यक्ष प्रचण्डले समानुपातिक प्राणालीको बिरोध गर्नेहरुको हिजोका दिनमा हालत खराब भएको बताउदै भने,‘संविधानसभाको चुनावपछि कांग्रेस र एमाले यति खुशी भए कि माओवादीले गर्दा बचियो भने, समानुपातिक प्रणाली नराखेको भए त हामी माओवादी ५ वर्ष राज गर्ने रहेछौं, एमालेको त्यसबेला ३३ सीट थियो बिचराको ।’

वैकठमा शासकीय स्वरुप फेर्ने प्रस्ताव, संसदको चुनाव पूर्ण समानुपातिक जस्ता प्रस्तावहरुका बारेमा जानकारी गराउँदै अध्यक्ष प्रचण्डले माओवादी घटक दलहरु एक ठाउँमा आउनु पर्ने बताए।

उनले भने,‘मोहन वैद्य, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव जी तपालाई पार्टी एकताका लागि आग्रह गरेका गर्दछु, आजको आवश्यकता पनि यहि हो ।

तस्बिर-मुकुन्द कालिकोटे

 

 



प्रतिक्रिया दिनुहोस्