Logo

प्रधानन्यायाधीशद्वारा आयोगका अध्यक्ष दासलाई शपथ



काठमाडौँ, ८ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दासलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश पराजुलीले आयोगका अध्यक्ष दासलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा अध्यक्ष दासले आयोगका सदस्य माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्कीलाई पनि पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

सरकारले यही साउन ५ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगका सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्