Logo

आजपनि मन्त्रिपरिषद विस्तार नहुने, देउवाले प्रचण्डसँग माँगेअझै एक दिनको समय ’



काठमाडौं, ९ साउन । आज हुने भनिएको मन्त्रिमण्डल विस्तार भोलिसम्मको लागि टरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका थिए । तर प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर आफूलाई अझै एक दिनको समय दिन आग्रह गरेपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार टरेको हो ।

शनिबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार सकेर देउवाले मंगलबारसम्मा मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । प्रचण्डसँगको कुराकानीमा उनले आज पार्टीको केन्द्रिय समितिको बैठक सम्पन्न हुने भएकोले केही तयारीको लागि भएपनि एक दिनको समय दिन आग्रह गरेको स्रोतको दाबी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने हिजै देउवालाई भेटेर तत्काल सरकार विस्तार गर्न चेतावनी दिएका हुन् । उनले तत्काल मन्त्रिमण्डल विस्तार नभए ठिक नहुनेसम्मको चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्