Logo

नेपाली कांग्रेसभित्रको भागबण्डा अन्तिम चरणमा, आजै मन्त्रीपरिषद विस्तार हुने



साउन १०, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस नेता डा. प्रकासशरण महतले दिएको जानकारी अनुसार पार्टीभित्रको भागबण्डा र विवाद मिलिसकेकाले आजै मन्त्रीपरिषद विस्तार हुने सम्भावना छ ।

मन्त्रीपरिषद विस्तार हुने भनिए पनि नेपाली कांग्रेसभित्रको विवाद मिलिनसकेको आशंका गरिएको छ । रामचन्द्र पौडेल पक्षले पाँचवटा मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो । देउवाले पौडेल पक्षका ३ जनालाई मात्र मन्त्री बनाउन सकिने बताएपछि कुरा मिलेको थिएन । तर अहिले चार जनालाईसम्म मन्त्री बनाउन सकिने देउवा पक्षको लचकता छ । यद्यपी पौडेलले भने ५ वटा मन्त्रालयमै दाबी गरिरहेका छन् ।

मन्त्रालयको संख्यामा मात्रै दाबी गर्दै आएका पौडेलले यसपटक मन्त्रालय पनि राम्रो खोजेपछि थप समस्या भएको छ । पौडेलले भौतिक योजना तथा पूर्वाधार र सुचना तथा संचारमध्ये एक मन्त्रालयमा पनि दाबी गरेका छन् ।

यस्तै दुई गुट बाहेक कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्काले पनि भाग खोजिरहेका छन् ।
मन्त्रालय र त्यसको संख्यामा कुरा नमिलेपछि रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, सितादेवी यादव र रामशरण महत मिलेर कुरा टुङ्ग्याउने प्रयास भइरहेको बताइएको छ ।

खुमबहादुर खड्काले आफ्नो पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने प्रयास गरेका छन् । यस्तै देउवा पक्षमा धेरैजनाबिच मन्त्री बन्ने होडबाजी चलेको छ । देउवा पक्षबाट मिन बहादुर विश्वकर्मा, भिष्मराज आङदाम्बे, अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत लगायतका नेता मन्त्रीको दो्ैडधुपमा छन् ।

यस्तै पौडेल पक्षबाट भरतबहादुर खड्का, बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, दिपक खड्का, सरिता प्रसाई लगायतका नेताका नाम चर्चामा छ ।
मन्त्रीमण्डलमा पठाउने विषयमा पौडेल र देउवा पक्षको छुट्टाछुट्टै बठक बसेको छ ।



प्रतिक्रिया दिनुहोस्