Logo

नयाँ शक्तिका नेता देवेन्द्र पौडलद्धारा सर्तसहित माओावदी केन्द्रसँग एकता गर्न तयार रहेको खुलासा



साउन १०, काठमाण्डौ । नयाँ शक्तिले माओवादी केन्द्रले राखेको एकता प्रस्तावलाई सर्तसहित स्विकार गरेको छ ।

पुष्पकमल दाहालले एकताको प्रस्ताव राखेको विषयमा ऋषि धमलासँग कुरा गर्दै नयाँ शक्तिका प्रमुख नेता देवेन्द्र पौडेलले भने, “प्रचण्डले नाम फेर्नुभयो, शैली फेर्नुभयो, विचार फेर्नुभयो भने हामीले पूर्वाग्रह राखेका छैनौँ । एकता हुन सक्छ ।” तर अहिलेकै अवस्थामा एकता सम्भव नभएको पौडेलको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै पौडेलले पार्टी कमजोर भएको र जनमत कम आएको अवस्थामा छरिएर रहेका माओवादी वृत्तका नेताहरु एक ठाउँमा भएदेखि राम्रो हुन्थ्यो भन्न खोज्नुलाई सकरात्मक रुपमा लिएको बताउँदै भन्नुभयो, “हिजो विद्रोहको कुरालाई लक्षित बनाएर बनाएका कार्यशैलीहरु छन् । ति चिजहरु बदलिए भने पार्टी एकता हुन सक्छ ।”
कुनै पनि अवस्थामा प्रचण्डसँग सहकार्य नै नगर्ने, एकता नै नगर्ने भनेर कहिल्यै नभनेको स्पष्ट पार्दै पौडेलले पार्टी कमजोर भएको विषयमा चुनावको नतिजालाई समिक्षा गरेर पार्टीलाई बलियो बनाउने रणीति लिएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्